साउन १,
काठमाडौं । गत शुक्रबारदेखिको अविरल बर्षापछि डुबानमा परेका प्रदेश २ का जिल्ला अझै डुबानमा छन्। डुबानबाट सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको छ । बुधबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हेलिकोप्टरबाट बाढी र डुबानको अवस्था बुझ्न गृहजिल्ला रौतहटसहित प्रदेश २ का अन्य जिल्ला दौडाहामा निस्किए। उनीसँगै संघीय सरकारका चार मन्त्री पनि त्यसतर्फ गएका छन्। हेलिकोप्टर लिएर नेपालसँगै रौतहट र प्रदेश २ मा बाढीको क्षति अनुगमन र निरीक्षणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृह मन्त्री रामबहादुर थापा, ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बुधबार गौर गएका हुन्।
बाढी रडुबानबाट प्रदेश २ मा ३२ जना भन्दा धेरैले ज्यान गुमाएका थिए। डुबान र बाढीबाट प्रदेश २ का १३ हजार परिवार विस्थापित भएका छन् । प्रदेश २ प्रहरीका अनुसार प्रदेशका आठ जिल्लामा १३ हजार ४४ परिवार विस्थापित भएका हुन्। सबैभन्दा बढी विस्थापित महोत्तरीबाट भएका छन्। डुबानबाट विस्थापितको संख्या कयौँ हजार छ। तर स्थानीय, प्रदेश र संघीय सरकाले राहत कार्यक्रममा तदारुकता नदिँदा बाढी डुबानपीडितको विचल्ली भएको छ ।
सबै तस्बिरहरु गृहमन्त्रालयको सचिवालयबाट