Friday, October 2, 2026
Home समाचार निसन्तानको कारक बन्दै वैदेशिक रोजगारी

निसन्तानको कारक बन्दै वैदेशिक रोजगारी

222

जेठ ८,
सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो । विदेशमा काम गर्ने उनी बिहे भएको पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् । बिहेको दुइ महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए । पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के । कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बेलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ । यसपटक अलि लामो विदामा घर आएका उनी सन्तान नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन् ।