शिल्पा र अमृतको बन्यो जोडी, ‘सधै रात उनकै कुरा हुन्छ’

228

साउन १,
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोल रहेको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी)बनेका छन् । राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ । भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवादको बिषय पछिल्लो समय मिडियामा मसला बनेको छ । घरेलु हिंसाबाट सुरु भएको विवाद डिभोर्ससम्म पुग्ने चर्चा छ ।