मालपोतमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने २ जना पक्राउ

91
फाइल तस्बिर

असार ४,
काठमाडौं । कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ पुगेका थिए । पूर्वनिर्धारित समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए ।