Wednesday, September 23, 2026
Home अपराध स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँ सहित ४ जना पक्राउ

स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँ सहित ४ जना पक्राउ

211

असार ४,
पर्सा । वीरगंज महानगरपालिका-८ घण्टाघरस्थितबाट स्रोत खुलाउन नसकेको भारतीय रुपैयाँ ३ लाख ३० हजार ९ सय ९० र नेपाली रुपैयाँ ३१ हजार ३ सय २० सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहार समस्तीपुर बस्ने ४४ वर्षीय सहदेव महतो, ४९ वर्षीय रामचन्द्र महतो, २४ वर्षीय सहदेव कुमार र पर्सा कालिकामाई गाउँपालिका-२ भेडियाही बस्ने ३० वर्षीय कामेश्वर साह कलवार रहेका छन् ।

उक्त स्थानमा रहेको शर्मा मार्केटमा भारतीय रुपैयाँको अवैध कारोवार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा खानतलासी गर्दा स्रोत खुलाउन नसकेको उक्त रुपैयाँ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारामा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।