छिमेकमा टिभी हेर्न गएकी बालिका खोला किनारमा मृत फेला

180

मा १३, विराटनगर
विराटनगरमा १० वर्षीया एक बालिकाको हत्या भएको छ। छिमेकीको घरमा शनिबार बेलुका ८ बजे टिभी हेर्न गएकी विराटनगर महानगरपालिका ८ मधुमारा वलुवाईकी १० वर्षीय गुडिया भन्ने रुपामती दासको हत्या भएको हो। बिहानसम्म पनि छोरी घरमा नभएपछि खोज्ने क्रममा विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका २ को सिमानामा रहेको सिंघीया खोला किनारमा मृत अवस्थामा फेला परेको मृतक बालिकाका बुबा रामप्रसाद दासले बताए। शवको मुखबाट रगत बगेको छ भने निर्वस्त्र अवस्थामा उनको शव फेला परेको हुनाले बलात्कारपछि हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको डिएसपी कृष्णा खड्काको नेतृत्वमा घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्थिन्।