Wednesday, September 23, 2026
Home अनौठो सुन्दरी डाक्टरले फेसबुकमा फोटो शेयर गर्दा गयो जागिर

सुन्दरी डाक्टरले फेसबुकमा फोटो शेयर गर्दा गयो जागिर

533

एजेन्सी, असार ३,
काठमाडौँ ।म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द भएको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले अनुचित प्रकारका कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेको आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज भएको हो । २८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकमा सेक्सी तस्वीरहरु हाल्ने गर्दथिन् । अन्ततः उनको यो बानी प्रत्युत्पादक बनेको हो ।आफ्नो लाइसेन्स रद्द गर्ने मेडिकल काउन्सिलको निर्णयको उनले विरोध गरेकी छन् । उनले आफ्नो स्वतन्त्रताको हनन गरिएको गुनासो गरेकी छन् ।

तर, उनको पहिरन आपत्तिजनक रहेको र म्यानमारको संस्कृतिको विरुद्धमा रहेको ठहर मेडिकल काउन्सिलले जनाएको छ । कारवाही गर्नुअघि काउन्सिलले नाङ्गलाई त्यस्ता तस्वीर आइन्दा फेसबुकमा पोष्ट नगर्न तथा पुराना तस्वीरहरु हटाउन चेतावनी दिएको थियो । तर, उनले मानिनन् । अस्पतालमा आफूले डाक्टरकै पहिरन लगाउने र निजी जीवनमा आफूले चाहे जस्तो कपडा लगाउने उनको अडान थियो ।