प्रदेशमा बजेट खर्च निराशाजनक

86

नयाँ पत्रिका
बैशाख २४, काठमाडाैं

प्रदेश १
१२.६८% बजेट खर्च

विकासतर्फ
बजेट : १८ अर्ब ८७ करोड
खर्च : २ अर्ब १२ करोड
नियमिततर्फ
बजेट : १४ अर्ब ५५ करोड
खर्च : २ अर्ब ४४ करोड

संरचना ढिला बने, खर्च पनि ढिलै भयो
इन्दबहादुर आङ्बो,अर्थमन्त्री
ढिला संरचना बन्दा बजेट खर्च पनि ढिलै सुरु भयो । खरिद ऐन प्रक्रियाको झन्झट, स्थानीय तहसँगको समन्वय र कानुनको अभावले अपेक्षाअनुसार बजेट खर्च हुन सकेन । अबको तीन महिनाभित्र कुल बजेट खर्च ६० प्रतिशत पु-याउँछौँ ।

प्रदेश २
१२.९२% बजेट खर्च
विकासतर्फ
बजेट : १५ अर्ब ३१ करोड
खर्च : १ अर्ब ९२ करोड
नियमिततर्फ
बजेट : १४ अर्ब ४७ करोड
खर्च : १ अर्ब ९३ करोड

मन्त्रीले खर्च गर्न मिलेन, कर्मचारी छैनन्
उषा यादव,अर्थराज्यमन्त्री
संघीय सरकारलाई पटक–पटक कर्मचारीको व्यवस्थापनका लागि आग्रह ग-यौँँ । तर, अहिले पनि धेरै मन्त्रालयमा सचिवसहित कर्मचारीको अभाव छ । यो अवस्थामा काम कसरी हुन्छ ? मन्त्री आफैँले त गर्ने होइन नि, कर्मचारी नै चाहिन्छ ।

प्रदेश ३
१७% बजेट खर्च
विकासतर्फ
बजेट : २१ अर्ब ७५ करोड
खर्च : १ अर्ब ७९ करोड
नियमिततर्फ
बजेट : ८ अर्ब ५७ करोड
खर्च : ४ अर्ब ३७ करोड

व्यवस्थापनमै समय बित्यो, त्यसैले खर्च भएन
कैलाशप्रसाद ढुंगेल,अर्थमन्त्री
सरकार गठनको एक वर्ष हामी व्यवस्थापनमा जुट्यौँ । मन्त्रालय, विभिन्न विभाग र कार्यालय सञ्चालनको तयारी र व्यवस्थापनमा धेरै समय गयो । त्यसकारण विकास खर्च बढ्न सकेन । आगामी वर्षमा चालूसँगै पुँजीगत खर्च पनि बढ्नेछ ।
गण्डकी
१५% बजेट खर्च
विकासततर्फ
बजेट :१५ अर्ब ९१ करोड
खर्च : १ अर्ब ९१ करोड
नियमिततर्फ
बजेट : ८ अर्ब ११ करोड
खर्च : १ अर्ब ७६ करोड

अन्तिमसम्म ८० प्रतिशत खर्च पुग्छ
पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री
वर्षको अन्त्यसम्ममा पुँजीगत खर्च ८० प्रतिशत पुग्छ । काम शून्यबाट सुरु गर्नुप-यो । त्यसमाथि केन्द्र सरकारले कर्मचारी र स्रोतसाधन पठाएन । त्यसले केही समस्या भयो । तर, अब धेरैजसो आयोजना सुरु भइसके । त्यसैले खर्च पनि राम्रै हुन्छ ।
प्रदेश ५
२५% बजेट खर्च
विकास बजेट : १६ अर्ब ६२ करोड

नियमित बजेट : ११ अर्ब ४६ करोड
कोलेनिका प्रदेश ५ का प्रमुख दीपक ज्ञवालीका अनुसार बजेटको २५ प्रतिशत खर्च भएको छ

बजेट कार्यान्वयनमा अब तीव्रता आउँछ
बैजनाथ चौधरी,प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री
पछिल्ला दिनमा बजेट कार्यान्वयनमा तीव्रता आएको छ । वर्षको सुरुमा बजेट कार्यान्वयन गर्ने संरचना थिएन । त्यसैले खर्च कम भयो । तर, अब गति लिएका छौँ । पूर्वाधारका काम बढेका छन् । बजेट कार्यान्वयन पनि सन्तोषजनक हुनेछ ।

कर्णाली
११.९४% बजेट खर्च
विकासततर्फ
बजेट : १८ अर्ब ८३ करोड
खर्च : १ अर्ब ९४ करोड
नियमिततर्फ
बजेट : ६ अर्ब ९० करोड
खर्च : १ अर्ब १४ करोड

बाँकी अवधिमा बजेट खर्चको लक्ष्य पूरा हुन्छ
प्रकाश ज्वाला,अर्थमन्त्री
प्राविधिक कर्मचारी नभएकाले सबैभन्दा बढी बजेट होल्ड गरेको मन्त्रालयकै पनि बजेट खर्च भएन । पछिल्लो समय काममा तीव्रता दिइएको छ । वैशाखमा पनि केही खर्च बढेको छ । बाँकी अवधिमा शतप्रतिशत नभए पनि बजेट खर्चको लक्ष्य पूरा हुन्छ ।
सुदूरपश्चिम
१६.४१% बजेट खर्च
विकासतर्फ
बजेट : १० अर्ब १९ करोड
खर्च : १ अर्ब ५५ करोड
नियमिततर्फ
बजेट : १२ अर्ब २६ करोड
खर्च : २ अर्ब १३ करोड

प्रदेशभन्दा केन्द्र सरकारको दोष छ
झपटबहादुर बोहरा,अर्थमन्त्री
बजेट खर्च नहुनुमा प्रदेश सरकार होइन, संघीय सरकार दोषी छ । केन्द्रबाट कर्मचारी वेलैमा नपठाउँदा खर्च हुन नसकेको हो । वर्षको अन्त्यतिरमात्रै कर्मचारी व्यवस्थापन भएको छ । नीति–नियम बनाउनुपर्दा पनि बजेट कम खर्च भएको हो ।