Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय सनी देओलले भाजपा प्रवेश गर्देभने ‘हाम्रा युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ’

सनी देओलले भाजपा प्रवेश गर्देभने ‘हाम्रा युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ’

91

बैशाख १०, एजेन्सी,
काठमाडौँ बलिउडका नायक सनी देओल भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनले केही समयअघि पार्टीका सभापती अमित शाहलाई भेटेका थिए । उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जोडिएका थिए, आज म यहाँ नरेन्द्र मोदीसँग जोडिन आएको छु । उनले देशका लागि धेरै कुरा गरेका छन् र म चाहन्छु कि अबको पाँच वर्ष पनि उनी नै सत्तामा रहून् किनभने हामी अघि बढ्न चाहन्छौं । हाम्रा देशका युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ ।,’ देओलले आफ्नो संक्षिप्त भाषणमा भने । उनले भने, ‘यो परिवारसँग जोडिएर जे जे गर्नसक्छु त्यो म सबै गर्नेछु, मनबाटै गर्नेछु । म कुरा गर्ने छैन, प्रत्येक समय काम गरेर देखाउनेछु ।’