Sunday, September 27, 2026
Home ताजा अपडेट प्रचण्ड पुगे सपरिवार सहित सुकुटे बिच

प्रचण्ड पुगे सपरिवार सहित सुकुटे बिच

222

वैशाख ५
काठमाडौं । चितवनस्थित नारायणी नदी तिरमा आराम गर्दै दाहाल परिवार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि सपरिवार सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन्। बिहीबार अपरान्ह दाहाल सुकुटे बिच रिसोर्ट पुगेका हुन्। पत्नी सीता र परिवारका अन्य सदस्यसहित दाहाल भोटेकोशी किनारको रिसोर्ट पुगेका हुन्। उनी आज राति त्यहीँ बस्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिए। दाहाल यसअघि पनि आरामका लागि सुकुटे बिच जाने गरेका थिए।