भारत पाचौँ पटक साफ महिला च्याम्पियनसिपको उपाधी चुम्न सफल

106

चैत ८,
विराटनगर -भारत पाचौँ पटक साफ वुमन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ३(१ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा चिबरले फ्रि किकमार्फत् गोल गरेकी थिइन् । नेपालका तर्फबाट खेलको ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काइन् । पहिलो हाफमा बराबरी नेपाल र भारतले बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा भारतका ग्रेस डाङमीले ६३ औं र अञ्जु तामाङले ७८ मिनेटमा गोल गरेकी थिईन ।