Sunday, September 27, 2026
Home समाचार सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि नेपाली सेनाका हवल्दार घाइते

सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि नेपाली सेनाका हवल्दार घाइते

91

फागुन २०
काठमाडौँ – काठमाडौँको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने क्रममा प्यारासुट राम्रोसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्। प्यारासुट उडाउने क्रममा सेनाका हवल्दार भण्डारी घाइते भएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए। उनका अनुसार सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी सिधै आकाशबाट जमिनमा खसेका थिए। हवल्दार भण्डारीको टाउँको लगायत शरीरको अन्य भागमा चोट लागेको बताइएको छ। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।