Monday, September 21, 2026
Home अन्तर्राष्ट्रिय पाकिस्तानले खसाल्यो भारतीय सैनिकका दुई जहाज, एक पाइलट सेनाको नियन्त्रणमा

पाकिस्तानले खसाल्यो भारतीय सैनिकका दुई जहाज, एक पाइलट सेनाको नियन्त्रणमा

101

एजेन्सी,
फागुन १४, काठमाडौँ -भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको बीबीसी पाकिस्तानले जनाएको छ। समाचारमा जनाए अनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्। सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ। भारतीय वायु सेनाको एउटा जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको छ भने अर्को भारततिरको कस्मिरमा खसेको गफुरले ट्वीटमार्फत जनाएका छन्। पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन्। भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।