Monday, September 21, 2026
Home खेलकुद नेपाल र युएईको आज अन्तिम खेल,टी–२० श्रृंखला पनि जित्ने लक्ष्यमा नेपाल

नेपाल र युएईको आज अन्तिम खेल,टी–२० श्रृंखला पनि जित्ने लक्ष्यमा नेपाल

88

माघ २०
काठमाडौं – नेपाल र युएईबीच टी-२० क्रिकेट श्रृंखलाको अन्तिम खेल आइतबार हुँदैछ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) एकेडेमी ओभलमा दिउँसो २:४५ बजे खेल सुरु हुनेछ। श्रृंखलामा नेपाल र युएईले शुरुका दुईमध्ये एक/एक खेल जितेका छन्। नेपाल र युएइले श्रृंखला आफ्नो पक्षमा पार्न दुवै टिमलाई आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा युएई २१ रनले विजयी भएको थियो भने दोस्रो खेल नेपालले चार विकेटले जित्दै श्रृंखला बराबरी गरेको थियो। युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले युएइविरुद्धको एकदिवसीय श्रृंखला जितेको छ। तीन खेलको श्रृंखलाको एकदिवसीयको पहिलो खेल हारेको नेपालले लगातार दोस्रो र तेस्रो खेल जितेर श्रृंखला जितेको थियो। एकदिवसीयमा नेपालले पहिलो खेल हारेर २–१ ले श्रृंखला जितेकाले टी-२० मा पनि सोही परिणाम निकाल्ने अपेक्षा गरिएको छ। आजको खेलमा विजय हाँसिल गरे नेपालले पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखला भित्र्याउनेछ। सन् २०१४ मा टी-२० विश्वकप खेलिसकेको नेपालले यसअघि नेदरल्यान्डस् र हङकङसँग टी-२० श्रृंखला खेले पनि जित्न सकेको थिएन।