Sunday, September 27, 2026
Home समाचार ‘जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु’ः मेयर चिरिबाबु मर्हजन

‘जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु’ः मेयर चिरिबाबु मर्हजन

186

मंसिर ३,
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं, सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं।’ मेयर महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावि घोषणा अनुसारको काम गर्न नसकेको स्विकार गरेका छन् । उनले भने,‘चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन्, १८÷२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं।’