Friday, September 25, 2026
Home राजनीति पार्टीभित्रको कलहले चुनावमा हार भयोः सभापति देउवा

पार्टीभित्रको कलहले चुनावमा हार भयोः सभापति देउवा

92

कार्तिक २२,
भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् । दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले भने “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, । आन्तरिक झगडा नभएको भए चुनाव राम्रोसंग जितिन्थ्यो ।” काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोनुर््परेको उल्लेख गर्दै उनले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्ने बताए ।