मण्डन देउपुरमा नगरबस संचालनः नियमित हुनुपर्ने सर्वसाधरणको धारणा

120

असोज २९,
नगरकोट । काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस सेवाको उद्घाटन गरेका छन् । उक्त कार्यक्रमलाई सम्त्रोधन गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन् । नेता नेपालले भने “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस् ।” नपाले हेलम्बु यातायात सेवा समितिसँग समन्वय गरी आफ्नो क्षेत्रमा छ वटा नगरबस सञ्चालन गरेको हो । स्थानीय विभिन्न रुटमा चल्ने योजना रहेको नगरबस नियमित हुनुपर्ने सर्वसाधरणको माग रहेको छ ।