भक्तपुर । झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार श्रीकृष्ण उच्च मा.वि को प्रांङगणमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले साधारण सभाको उद्घाटन गर्नुभएको हो । चाँगुनारायण नगरपालिकाको वडा नं. ३,४,५,६,७,८ र ९ हाललाई कार्यक्षेत्र भएको सहकारीले यो १६ औं साधारण सभाबाट १ र २ नं. वडालाई समेटेर नगरक्षेत्रभरि कार्यरत बनाउने तयारी गरेको सचिब सुरज बाँस्तोलाले जानकारी दिनु भएको छ ।
भक्तपुर उत्तरी पूवी भेगमा रहेको यो सहकारी जिल्लाकै एक उकृष्ट संस्थाको रुपमा स्थापित रहेको छ । सहकारीमा हालसम्म ३ हजार ४४१ जना शेयर सदस्यहरु रहेका छन् । कोषाध्यक्ष गोविन्द लामिछानेका अनुसार शेयर पुँजी २ करोड ७५ लाख, ५१ हजार ९ सय रहेको छ । निक्षेप रकम रु. ३० करोड, २ लाख, २५ हजार ९३५ रहेको छ । संस्थाका अध्यक्ष मनोज गिरीले सरकारले लिएको तीन खम्बे अर्थनीति अनुसार एक खम्बाको रुपमा सहकारी रहेकाले यसलाई व्यवस्थित बनाउन संचालक समिति सधै सक्रिय रहेको बताउनु भयो । गिरीले सामाजिक कार्यलाई अगाडी बनाउने अभियान अनुसार यो वर्ष दुई स्थानमा यात्रु प्रतिक्षालय स्थापना गरिएको समेत जानकारी दिनु भयो ।
झझल्को सहकारीको १६औं साधारण सभा तस्विरमा हेरौं