ध्वस्त हुदैं नेपाली समाजः ११ महिनामा २१ हजार जोडीको सम्बन्ध विच्छेद !

45

काठमाडौं । नेपालमा अहिले सम्बन्ध विच्छेद विकराल समस्याको रूपमा देखा पर्न थालेको छ । लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाऊ भनी अदालत धाउने महिला पुरुषहरूको संख्या दिन प्रतिदिन तीव्र रूपमा बढिरहेको अदालतको तथ्याङ्कले देखाउँछ । पुरुष र महिलाको बिहेउत्तर सम्बन्धले नेपालमा सबैभन्दा धेरै सम्बन्ध विच्छेद हुने गरेको देखिन्छ । बढ्दो वैदेशिक रोजगारीका कारण श्रीमान र श्रीमती एक्लाएक्लै बस्ने भएकाले शारिरीक आवश्यकता पुरा गर्ने बहानामा अरुसंग यौन गतिविधि हुने गरेकाले पनि पारिवारीक जिवनमा बे्रक लाग्ने गरेको छ ।

नेपालमा सम्बन्ध विच्छेदका घटना बढ्दैछ । व्यक्तिगत घटना दर्ता विवरणको केन्द्रीकृत तथ्याङ्क राख्ने गृह मन्त्रालयका अनुसार वि।सं। २०८० बैशाखदेखि फागुन (११ महिना) अवधिमा सम्बन्ध विच्छेदका २१ हजार १२५ घटना दर्ता भएका छन् । यहिँ घटना २०७० सालमा जम्मा ३९४ घटना दर्ता गरिएको देखिन्छ ।

सम्बन्ध विच्छेद किन हुदैंछ

बढ्दो वैदेशिक रोजगारीका कारण श्रीमान र श्रीमती एक्लाएक्लै हुनुपर्दा निम्तने एक्लोपनमा सम्हालिन नसक्नु, घरेलु हिंसा, जीवनसाथीबाटै असहयोग र अपमान, विवाहेत्तर सम्बन्ध, धोखाधडी, कम उमेरमै प्रेम विवाह र पछि पश्चाताप, गरिबी, वैचारिकरव्यवहारगत बेमेल, बालबच्चाको हेरचाहमा बेवास्ता र शारीरिक र मानसिक तथा यौन दूव्र्यवहार लगायत नै सम्बन्ध विच्छेदका मूल कारण हुने गरेको छ । सूचना र प्रविधिको पहुँच बढि हुनु र बिलासिताको जीवनयापन गर्ने चाहना राख्नुले पनि बढि सम्बन्ध विच्छेदका घटना बढेका हुन् ।

प्रायः जसो सम्बन्ध विच्छेदका मुद्दा लिएर अदालत धाउने २० देखि ३० वर्ष उमेरका युवा युवतीहरू देखिन्छन् । मनोवैज्ञानिक दृष्टिकोणले समेत यो उमेर भनेको एकहटपन, जिद्धीपन तथा आफू र आफ्नो विचार नै सर्वे सर्वा ठान्ने उमेर हो । विवादको समाधान तर्फ लाग्नुको साटो आफू नै सर्वेसर्वा ठान्ने प्रवृत्तिले गर्दा निजहरूलाई अन्धकार र गलत बाटोमा हिँडाई रहेको हुन्छ भन्ने कुरा यो पिँडीका युवायुवतीहरूले बुझ्न जरुरी छ ।

कानुनी पाटो

एक आपसमा सहमतिबाट एक पक्षको उजुरीको आधारमा अदालतले निर्णय बमोजिम पति र पत्नी बिचको सम्बन्ध आपसी मन्जुरीबाट जहिले सुकै पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ । मुलुकि ऐन अनुसार देहाय ३ बमोजिम दुवैको मन्जुरी भएमा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्न सकिने भनी नियम तोकेको छ । यस ऐनले दफा ९४ अनुसार पतिले पत्नीसंग सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था विवेचना गरि पति र पत्नी कानुन बमोजिम नै अलग बसेको अवस्थामा बाहेक पत्निले पतिको मन्जुरी लिएर ३ वर्ष भन्दा बढि अलग बसेकोमा र पति वा पत्नीले खाना लाउन नदिएको घरबाट निकालिएको सम्बन्धमा त्यसैगरी दफा ९५ मा पतिले अर्को विवाह गरेको खण्डमा पत्निको मन्जुरी विना जवरजस्ति करणी गरेको ठहरमा
पनि सम्बन्ध विच्छेद गर्न पाईने प्रावधान रहेको छ ।
मुलुकि ऐन देवानि २०७४ को दफा ११४,११५,११६ मा बालबालिका प्रति आमाबाबाको दायित्व सुनिश्चित गरेको छ । यस ऐनले बालक आमा वा बाबा एकजनाले मात्र जिम्मेवारी लिनुपर्ने नियम तोकेको छ यदि बालक दुधालु छ भने सम्पूर्ण जिम्मेवारि आमाले लिनुपर्ने र बाबाले त्यसको खर्च दिनुपर्ने व्यवस्था छ भने यदि बालक छ,ट वर्षको छ भने बाबाले जिम्मेवारी लिनुपर्ने व्यवस्था छ । यसका साथै अंश लिएर भिन्दै बस्न पाईने नियम छ ।

समाज ध्वस्त हुदैं

व्यक्ति, परिवार राम्रो भयो भने समाज पनि राम्रो हुन्छ । एउटा व्यक्तिले पूरा समाज नै खलबलाउछ । अर्कोतिर बालबालिकालाई नकारात्मक असर परेको हुन्छ किनकि सम्बन्ध विच्छेद पछि बच्चा कि आमा वा बाबा संग वस्दछ उसले आमा वा बाबाको माया तथा साथबाट बन्चित हुन्छ सोचौ त ? उनिहरुको भविष्य कतातिर जान्छ ।
बालबालिका गलत बाटोतर्फ मोडिएका छन् कतिपय बालबालिका हिसात्मक सिकार जस्तैः–बालबालिका वेचविखन, बलात्कार, घरेलुु हिंसा, सडके बालबालिका बन्न र अबैध धन्दा गर्ने थालेका छन् ।

भोलिका कर्णदार आज कुलतमा लागेको अवस्था छ । हामीले सुन्दै आएका र देख्दै आएका छौ आमा बाबाको साथबाट वन्चित केटाकेटी नकारात्मक पाटो तर्फ गइरहेको देखिन्छन् । अब पनि यस्ता घटना नदोहोरिनु भन्ने सन्देश गाउँ समाजमा सन्देश पु¥याउनु पर्दछ । त्यस्तै, राज्यले पनि यश सम्बन्धि कडा नियम बनाउनु पर्छ । हरेक आमा बाबाले आफ्नो पारिवारिक वातावरण सुन्दर राम्रो वनाई बालबालिकाको भविष्य सकारात्मक बनाउनुका साथै विवाह जस्तो पवित्र नातालाई विग्रन दिनुहुन्न । सानातीना कमिकजोरीलाई निधान गरेर अगाडी बढ्दा समाज र व्यक्तिको हित हुन्छ ।

कसरी हालो समाधान ?

सम्बन्धमा एक अर्कोलाई जहिले सम्मानपूर्वक व्यवहार गर्नुपर्दछ । श्रीमानले जहिले पनि आफ्नो श्रीमतीले सम्मानपूर्वक व्यवहार गरेको हेर्न चाहन्छन् । त्यस्तै श्रीमतीले पनि आफ्नो श्रीमानले सदैव माया हेरचाह गरेको महसुस गर्न चाहन्छन् । त्यसैले श्रीमान श्रीमतीमा दुबैले एक अर्कोलाई सम्मान गर्ने कार्य गर्नुपर्दछ ।

मानिस भावानात्मक प्राणी हो । आवेग , माया , घृणा जस्ता क्रियाकलापहरू सँगै मानिसको जीवनको सम्बन्धमा अगाडि बढेको हुन्छ । त्यसैले दाम्पत्य जीवनमा भविष्यको योजना, भविष्यको सपना र दुःखपूर्ण जिन्दगीको भोगाई एक अर्कालाई साटासाट गर्दा पनि निकै आत्मियता र सुखको अनुभव हुन्छ । यसका साथै श्रीमान श्रीमती बीच प्रत्येक दिन कम्तीमा पनि लगातार तीस मिनेट कुराकानी गर्ने वातावरणले सुमधुर सम्बन्धका लागि सहयोग पुग्छ ।

दाम्पत्य जीवनमा पनि त्यस्तो धेरै गल्ती भईरहेको हुन्छ । त्यस्तो गल्तीलाई माफ गर्नु पर्दछ । जीवन साथीको प्रत्येक गल्तीलाई माफ गरिदिनु पर्दछ । कसैले एकचोटीको गल्तीलाई सदैव सम्झेर सधैंभरी झगडा गर्दा सम्बन्धमा नराम्रो हुने र सम्बन्धमा चिसोपना आउछ । सम्बन्ध विच्छेद सम्बन्धी अनुसन्धानले समेत मनमा तुष राख्ने बानीले नै सम्बन्ध विच्छेद बढाउने कार्य गर्दछ भनेको छ ।

यो सामाग्री गूगलको सहयोगमा तयार पारिएको हो -सम्पादक