Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय मालीमा जातीय हिंसा, ११ को ज्यान गयो

मालीमा जातीय हिंसा, ११ को ज्यान गयो

131

साउन २५,
एजेन्सी । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ । मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए । ‘उनीहरूलाई बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन्,’ फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले एएफपीसँग भनेका छन्, ‘तर आज उनीहरू मृत अवस्थामा रहेको प्रमाण फेला परेको छ ।’ फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन बर्ष देखि मध्य मालीमा द्वन्द्व भइरहेको छ ।