Friday, September 18, 2026
Home मनोरन्जन फिल्म ‘गोपी’मा नायिका वर्षा

फिल्म ‘गोपी’मा नायिका वर्षा

125

साउन १४,
काठमाडौं । छायांकनको तयारीमा रहेको फिल्म ‘गोपी’मा नायिका वर्षा सिवाकोटी पनि अनुबन्धित भएकी छिन्। निर्माण घोषणामा अभिनेता खगेन्द्र लामिछाने र सुरक्षा पन्त फिल्ममा मूख्य भूमिकामा रहने बताइएको थियो। अब भने यस फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले दुई नायिकासँग रोमान्स गर्नछन्। ‘गोपी’मा नायिका वर्षा सिवाकोटीलाई सुहाउने रोल भएका कारण उनलाई फिल्ममा अनुबन्धित गरेको निर्देशक दिपेन्द्र लामाले बताए। उनले भने, ुफिल्ममा सुहाउदो क्यारेक्टर भएका कारण उनलाई फिल्ममा लिइएको हो।ु फिल्ममा दुई हिरोइन भएपनि यो त्रिकोणात्मक प्रेमकथा नभएको उनले बताए। खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन् भने वर्षा र सुरक्षाले पनि भैरेमा सँगै काम गरेका छन्।