Friday, September 18, 2026
Home समाचार बसको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक जनाको मृत्यु

114
सांकेतिक तस्विर

साउन १४,
कपिलवस्तु । वुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–५ मानकोटका २२ वर्षीय सन्दीप सुनार रहेको प्रहरीले जनाएको छ। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ३१ प ९७०६ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सुनार घाइते भएका थिए। गोरुसिंगेमा सुन पसलमा काम गर्दै आएका सुनारको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रवी रावलले बताए। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गोरूसिंगेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रावलले बताए।