अनुसन्धानपरक उपन्यास योगमाया

132

साउन २,
एक विदेशी नारीले पारिजातलाई भेट्न खोजिन्, जसको चासो योगमायाका हजुरवाणीलाई बुझ्न दोभाषेको काम गरिदिन अनुरोध गर्नु थियो, ती थिइन बारबरा मिरिक। विदेशी महिला थिइन् उनी। पारिजातलाई तत्कालीन पंचायती शासकको निगरानी थियो साथै अस्वस्थ पनि थिइन्। योगमायाका १०२ वटा हजुरवाणी पारिजातलाई बुझाएकी थिइन्। आफू नेपाली भाषा नबुझ्ने हुनाले सहयोगका लागि पारिजातका पुगेकी थिइन्। यही पारिजातले चाहेको भए योगमायासम्बन्धी हजुरवाणी धेरै पहिले नै प्रकाशित भइसक्थ्यो। लेखिकाले यानिकी उपन्यासकारले आफ्ना भावनालाई भन्दा अनुसन्धानात्मक रूपमा स्थानीयस्तरमै पुगेर पहाड, खोलानाला, तराईका भाग आफैँ भ्रमण गरी व्यक्तिविशेषसँग अन्तर्वार्ता लिइएको पुस्तकमा उल्लेखित पात्रका सन्तानलाई भरेको डकुमेन्ट्री हजुरवाणीका लिपिहरूले पुष्टि गर्छन्। योगमायालाई जैसिनी भन्ने आरोप लागेको तर पुस्तक वाचन पढ्दै जाँदा उनी जैसिनी होइनन् भन्न सकिन्छ। विधवाले व्राह्मणसँग विवाह गरेमा जैसिनी हुन्छ भन्ने प्रथा थियो र छ पनि। बालविवाह प्रताडित, घरेलु हिंसाबाट १४ वर्षकी अबोध बालिका श्रीमान र सासूबाट शोषित र पीडित भएर रातीहुँदो घर छोडेर भागी माइतीको शरणमा हिँड्छिन्। अति नै जातभात विभेद जस्ता कुराले जकडेको समाज थियो त्यो। माइतीको शरणमा आएकी छोरीलाई उल्टै दुत्कारेर ुअरुणमा फालहालेर मरेकी भए हुन्थ्योु भनियो तर सहयोग पाइनन्। दुस्खको कुरा यस देशको इतिहासमा यस्तै महत्त्वपूर्ण कुराहरू पोखराले सेती लुकाएको जस्तै लुकाइदिएको छ। अहिले उनै योगमायाबारे उपन्यास आएको छ( योगमाया। नीलम कार्की निहारिकाले लेखेको उक्त उपन्यासबारे केही कुरा उल्खेख गरिएको छ यस लेखमा। उपन्यासकी मुख्य पात्र ठूलीहजुरको कथा गंगाबाट सुरु हुन्छ, आसाम पुगेकी दिदीले दुस्ख पाएको र दोस्रो विवाहबाट एक छोरी भई विधवामा परिणत भएको खबर आउँछ। भाइबुहारीले श्रीमानलाई करकापले भारतको आसाम पठाउँछिन् तर उनी दिदी ल्याएर कसरी राख्ने होला भन्ने चिन्तामा डुब्छिन्। उही आफन्त, टोल छिमेकी, जातभात इत्यादि। लामो समयको पर्खाइमा दिदी लिएर आइपुग्छन्। सबैमा कौतूहल जागेको पाइन्छ तर भाइबुहारी गंगालाई प्रश्नको वर्षा हुन थाल्छ। जैसिनीलाई ल्याएर समाजलाई भाँडभैलो गर्ने भए भन्ने आरोप लाग्छ। महिलालाई पर्दा जति वर्ष भए पनि आपद र सहनै नसक्ने हालतमा पुगेपछि माइती सम्झनु र माइतीले आश्रय दिनु यो सामाजिक मान्यतालाई प्रश्रय दिएको पाइन्छ। अहिलेका सन्ततिलाई गाउँले जीवन शैलीबारे यस पुस्तकले धेरै ज्ञान प्रदान गरेको छ। जस्तो रिठ्ठोले लुगा धुँदा धेरै सफा हुने, खरानी र पानीमा लुगा पकाएर मैलो सफा गर्ने, रोटी घरमा ढिकिमै कुटेको पिठो मात्र हुने इत्यादिबारे जानकारी पनि छ। ठूलीहजुरको जीवन आफ्नै किसिमको थियो। भजनहरू आफैँ रचेर गाउने, कसले के भन्छ भन्ने कुराको पर्वाह नगर्ने। यो कुरा उनको भाइलाई चित्त नबुझेको पाइन्छ। कतिपय सन्दर्भमा महिलाको व्यथा महिलाले बुझ्नुका साथै चासो पनि उनीहरूलाई लाग्ने हुँदा आमाजूबुहारी ९गंगा० आमाजुको विगत दिनका बारेमा कोट्याएर सोधीखोजी गरी योगमायाको कथा पाठकलाई पस्किने पात्रको रूपमा परिचित भएकी छन्। कतिसम्म हन्डर खाने र त्यसलाई सुल्झाउँदै जाँदाजाँदै एउटी संघर्षशील योद्धाको रूपमा अब जीवनलाई आफैँ मात्र नभई समग्र गाउँ बस्तीमा परिवर्तनका लागि लागिपर्ने अठोट योगमायामा जागेर आउँछ। तर यहाँनिर योगमाया विद्रोही हुँदाहुँदै पनि फेरि आफ्नी छोरीलाई बालविवाह गरिदिन्छिन्, त्यो पनि जैसी भएका कारण विधुर, छोराछोरीको बाबुसँग अनि छोरी सानै उमेरमा विधवाको सेतो धोतीमा इच्छा नभए पनि अपनाउन बाध्य हुन्छिन्। छोरी जातिले घर छोडेर हिँडेमा बात लगाउने चलन २१औँ शताब्दीमा पनि अझै चलिरहेको छ। छोरी मरे मरोस् तर घर छोडेर माइत बस्न हुँदै हुँदैन भनी बाबुले भनेको हृदयविदारक नै छ। एक्लै परेकी माया योगमायाले बल्ल जीवनसाथी पाउँछिन्। उसबाट छोरीको जन्म हुन्छ, जसको नाम चन्द्रकला हुन्छ। यसरी हुँदै उनको धर्म, कर्म र मानिसको बाँच्न पाउने अधिकार, राणशासनविरुद्धको आवाज, बँधुवा मजदुर, साहुको ऋणमा पुस्तौँ पुस्ता हली बन्नुपर्ने इत्यादिविरुद्ध धर्म र योगलाई जीवन दिन थल्छिन्। लेखिका आफू पनि स्वास्थ्यकर्मी भएकाले यस विधामा कलम चलाउन चुकेकी छैनन्। पूर्वमा माहामारीको रूपमा फैलिएको बिकराल प्रकोपलाई स्वास्थ्यकर्मीको रूपमा पनि मायालाई प्रस्तुत गरेकी छन्। यसबाट आफ्ना भदै र भदा यानिकी गंगाले विवाह गरेर पठाएकी छोरी र आफ्ना काखमा भएको छोरा गिरी पनि गुमाउँछिन्। कर्मकाण्ड गरेर कमाइ खाने ब्राह्मणहरू विरुद्ध जेहाद छेडिन्, पण्डितलाई गरुडे भनी नाम पनि दिइन्। सबै पण्डितहरू र साहु महाजन उनीविरुद्ध उत्रिएर उनलाई गाउँ निकाला गर्न खोजे तर दिन प्रतिदिन उनको भजन प्रभुवाणी, हजुरवाणी सुन्नेहरूको घुइँचो आँगनमा बढ्न थल्यो र माइतीघरलाई छोडी कुटीको निर्माण गरी बारीको पाटामा बस्न थलिन्। भाइबुहारीको साथ अन्तिमसम्म छुटेन। राजनीतिक आन्दोलन, राणाशासकका बडाहाकिमहरूको अवरोध, ब्राह्मणको जन्मकैदमा ब्राह्मण हुने, दलित जन्मेको अछुत, छुत अछुत सबै एउटै भन्छामा खान थाले, जुन कुरा गाउँलेहरू र आफन्तमा अपाच्य भएको देखिन्छ। बिस्तारै टाढा टाढाबाट के महिला, के पुरुष, साँझको भजनमा जम्मा हुन थाले। कुटी पनि बढ्न थाल्यो। अहिले पनि उनले एक महिनासम्म गुप्तबास बसी ध्यान गरेको कृष्ण मन्दिर भोजपुरमा रहेको उनका वाणीहरू कण्ठ भएका भक्त्तिनीहरू छन् भन्ने कुरा लेखिकाले पुस्तक लेख्ने दौरानमा स्थानीयस्तरमानै पुगेर गरेको श्रव्यदृश्यबाट प्रमाणित हुन्छ। उनको पहिलो विवाहका बारेमा पनि खोज गरी कोइरालाकी बुहारी भएको प्रमाणित गरेकी छन्। उनका सौतापट्टिको नातीसम्म भेटेर कुराकानी गरेको पनि उक्त डकुमेन्ट्रीमा राखिएको छ। महिनौँ दिन लगाएर तीर्थ गर्न जाने चलन पनि उल्लेख छ। मुक्तिनाथ, मनकामना, हरिद्वार, वनारस इत्यादि स्थानमा जाने गरेको उल्लेख छ। उनलाई महिलाहरू मात्र नभई पुरुषहरूको पनि साथ प्राप्त भएको पाइन्छ, जस्तोस् पण्डित प्रेमनारायण। वि। सं। १९९० को महाभूकम्पको आपदविपदको पनि उल्लेख गरिएको छ यसमा। राजनीतिक आन्दोलन, राणाशासकका बडाहाकिमहरूको अवरोध, ब्राह्मणको जन्मकैदमा ब्राह्मण हुने, दलित जन्मेको अछुत, छुत अछुत सबै एउटै भन्छामा खान थाले, जुन कुरा गाउँलेहरू र आफन्तमा अपाच्य भएको देखिन्छ। मलाई मनपरेको हजुरवाणी यहाँ उल्लेख गर्न चाहन्छु। ब्रह्म चिन्ने ब्राह्मण भनी उत्तर गराए ब्राह्मणहरूले सत्य छाड्दा देव डराए१ सँगै लैंगिक विभेदको आन्दोलन पनि थाहा नपाउने किसिमले त्यसैमा समावेश हुन गयो। श्राध्द गर्दा पितृ तर्छन् भन्ने भनाइलाई त्यतिखेर नै उनले अन्धविश्वास हो भनी गरूड पुराणमा दान नगरे पितृ तर्दैनन् भनी भन्नु पुरोहितलाई पोस्नु हो भनेकी छन्। तर सय वर्ष अगाडि विद्रोह गरेको भए तापनि अझ पनि ती कुरीतिबाट समाजले मुक्ति पाएको छैन। जस्तोसुकै मै हुँ भन्ने विद्वानका घरमा पनि कोही देहावसान भएमा तेस्रो दिनदेखि गरुड पुराण भन्ने चलन छ। अरूले के भन्लान् भनेर लोकलाजका लागी पनि गर्ने चलन छ। सामाजिक कुरीतिबाट आज वैज्ञानिक युगमा पनि समाज मुक्त हुन सकेको छैन। कमारा कमारी राख्ने चलनको अन्त्य पनि ठूलीहजुरले नै यानिकी योगमायाबाट नै भएको यस पुस्तकमा उल्लेख छ। त्यो बेला सामाजिक कुरीतिविरुध्द उठेको आवाज ९वि। सं। १९८६०लाई कानुनी रूपमा स्थापना गर्न र बनाउन पनि उनको ठूलो देन छ। छुवाछुत, ठूलोसानो जातपात, चक्रवृत्ति ब्याजबाट गरिव घरबारविहीन हुन पुगेको अवस्था, ठूला जातमा पनि जनाना र मर्यानानाबीचको लैंगिक विभेद, सबैले वेद पढ्न पाउनुपर्ने, वेदमा भएका ज्ञानका कुराहरू सबै जात वर्गले बुझ्ने अधिकार भएको इत्यादि उल्लेख छ।