एमाले सूर्यविनायकको अध्यक्षमा लुबन्जार, यस्तो बन्यो नयाँ नगर कमिटि

135

भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्षमा राजु लुबन्जार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । आइतबार भएको बन्दसत्रबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्य कमिटि सर्वसहमत चयन भएको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । उपाध्यक्षमा बिनय महत, सचिवमा धर्मराज बस्नेत, सहसचिवद्धयमा दिनेश थापा र सुनिता देउजा चयन भएका हुन् ।

सदस्यहरुमा सुमित्रा थापा, अम्बिका न्यौपाने, सञ्जय श्रेष्ठ, मधु थापा, उमा पौडेल, भुवन केसी, राम प्रसाद मानन्धरलगायत रहेका छन् । शनिबार एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेका थिए ।
निर्वाचितहरुको नामावली यस प्रकार रहेको छ ।