Sunday, September 20, 2026
Home अन्तर्राष्ट्रिय २२ वर्ष पुरानो मुद्दामा संगलग्न रहेका ७ जनालाई जापानमा फाँसी

२२ वर्ष पुरानो मुद्दामा संगलग्न रहेका ७ जनालाई जापानमा फाँसी

325

असार २१,
स्नायुमा असर गर्ने ग्यास हमला सम्बन्धी २२ वर्ष पुरानो मुद्दामा संगलग्न रहेका ७ जनालाई जापानमा फाँसी दिईएको छ। सन् १९९५ को मार्च २० मा भएको सो हमलामा १३ जनाको मृत्यु हुनुका साथै हजारौं घाईते भएका थिए । घटनामा संलग्न मध्ये १३ जनालाई मृत्युदण्ड र ६ जनालाई जन्म कैदको सजाय सुनाईएको थियो। एक धार्मिक विद्रोही समुहका प्रमुख अम शिरिन्कोको नेतृत्वमा भएको हमला जापानको ईतिहासमा हिंस्रक मानिन्छ। फाँसीको सजाय पाउनेमा सो समूहका नेता शोको असारा समेत रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। रेल स्टेशनमा सरिन नामक रसायनिक हतियार राखेर छाडिएको सो रसायनका कारण आखाँमा असर गरी, अन्धोपन, वान्ता हुने र पक्षघातको समस्या देखिएको थियो। त्यस हमलाको केही महिना पछि लगातार हाईड्रोजन साईनेड आक्रमणका थुप्रै प्रयास प्रहरीले असफल पारेको थियो। द कल्ट समुह हिन्दु र बौद्ध धार्मिक विश्वासलाई मिसाएर ईसाई धर्मका भनाईको पक्षमा लागेको समुह हो। सो समुहका नेता शोको असाराले बुद्धपछि आफुलाई बुद्धत्व प्राप्त भएको दाबी गर्दै आएका थिए।