Sunday, September 20, 2026
Home समाचार ओखढु‌ंगाका १४६ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा

ओखढु‌ंगाका १४६ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा

472
फाइल तस्बिर

असार २१,
ओखढु‌ंगा । जिल्लाका १४६ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन्। ठूलो पानी पर्दा ती ठाउँमा बाढीपहिरो निम्तिने खतरा छ। जिल्ला भू–संरक्षण कार्यालय ओखलढुंगाले गरेको स्थलगत सर्वेक्षणमा उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो। जिल्लाको पश्चिमी भू–भाग र सिद्धिचरण नगरपालिकाका केही क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत गंगाराम साहुले बताए। ुनगरपालिकामा पर्ने वर्णलु, बिगुटार र सल्लेरी प्राकृतिक विपद्को जोखिममा छ। यस्तै लिखु गाउँपालिका गाम्नांगटार, पोकली, खिजीदेम्वाको रंगनी, खिजीचण्डेश्वरी पहिरोको बढी जोखिम छु, अधिकृत साहुले भने, ुयी क्षेत्रमा बग्ने लिखु नदी, खिजी र पोकली खोलाले जोखिम निम्त्याउन सक्छन्।ु जिल्लाको भूगोल विशाल पहाडी भू–भागले घेरिएको छ, वर्षा हुँदा खोलाको बहाब एक्कासी बढ्छ र नदीकिनार क्षेत्रमा जोखिम निम्तिन्छ। कमजोर भू–संरचना, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकजस्ता कारणले बाढीपहिरो निम्तिने गरेको छ। कतिपय स्थानमा पहिरोको कारण बस्ती नै स्तान्तरण गर्नु परेको छ। जिल्लामा अहिलेसम्म ठूलो संख्यामा मानवीय क्षति व्यहोर्नु नपरे पनि धेरै बस्तीहरु पहिरो तथा बाढीको प्रकोपको जोखिममा रहेको कार्यालय प्रमुख साहुले बताए। उनका अनुसार हर्कपुर, प्राप्चा, रंगनी, मूलखर्क, यसम, कालीका, बिलन्दु, पोकली, खिजीफलाटे, खिजीचण्डेश्वरी, बाक्सा, च्यानम, फेदीगुठ, लगायतका क्षेत्र पनि प्रकोपको जोखिममा छन्। प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम, बजेट भने कार्यालयसँग छैन। चालु आवको सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला कार्यालयले कुनै पूर्वतयारीका काम गर्न सकेको छैन। पहिले जनचेतना अभिवृद्धिदेखि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम र बजेट आउँथ्यो तर अहिले सबै स्थानीय तहमा गएको जानकारी भू–संरक्षण अधिकृत साहुले दिए। ओखलढुंगाका स्थानीय तहले भने यो वर्ष प्राकृतिक प्रकोप नियन्त्रणको कुनै प्रभावकारी योजना बनाएका छैनन्। केहीले विपद् कोष खडा गरे पनि जनशक्ति अभाव र अनुभवको कमीले पनि विशेष कार्ययोजना लागू गर्न नसकेका हुन्। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले भने प्राकृतिक प्रकोपका घटनाको व्यवस्थापन, उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गरिने बताएको छ।