Sunday, October 11, 2026
Home समाचार मौसम पूर्वानुमान महाशाखा भन्छः भारी वर्षा हुन्छ, सतर्क हुनुहोस्

मौसम पूर्वानुमान महाशाखा भन्छः भारी वर्षा हुन्छ, सतर्क हुनुहोस्

567

असार १७,
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि ३ दिनसम्म भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ । आइतबार पत्रकारसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद बिभूति पोखरेलले पूर्वको कोशी चतरा क्षेत्रमा भारी वर्षा भैरहेको र यो वर्षा क्रमशः सबैतिर फैलदै गएको हुँदा सबैलाई सतर्क रहन आग्रह गरे ।

उनले अधिकांश नदीहरुको जल सतह समेत बढेको हुँदा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बढी सतर्क रहन पनि आग्रह गरे । यो वर्षको मनसुन पूर्णरुपमा भित्रिसकेको हुँदा पहिरोको जोखिम, नदी तटीय क्षेत्र र तराईका होचा भू–भागमा बसोबास गर्ने सबै चनाखो हुन सरकारले पनि आग्रह गरेको छ ।
भूकम्पले क्षति पुगेका पहाडी बस्तीका सर्वसाधारणलाई पनि थप सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । रातोपाटीबाट