Sunday, September 27, 2026
Home समाचार मुक्तिनाथ सडक धमाधम कालोपत्रे

मुक्तिनाथ सडक धमाधम कालोपत्रे

219

असार ६,
पर्वत । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ पुग्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ। कागबेनीबाट हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने डेढ किलोमिटर सडकको कालोपत्रे गर्ने काम भरहेको मुस्ताङका जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीले बताए। स्थानीय विकास मन्त्रालयअन्तर्गत ग्रामीण पुनर्निर्माण तथा पुनस्स्थापना आयोजना ट्रिपल आरले उक्त सडकमा दोस्रो पटक कालोपत्रे गर्न एक करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि काम शुरु गरिएको हो। एक वर्षअघि ट्रिपल आरकै लगानीमा उक्त सडकखण्डको कालोपत्रे बिच्छ्याउने कार्य सम्पन्न भएको थियो। अघिल्लो पटक कालोपत्रे गर्न बाँकी डेढ किलोमिटर सडकमा यो वर्ष थप बजेट आएपछि कालोपत्रे गर्न शुरु गरिएको हो। यसअघि उक्त सडकमा २२ करोड लागतमा करिब ११ किलोमिटर सडकमा कालोपत्रेपूरा भएको थियो।