बैशाख १,
विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी केन्द्रबीच समानताका आधारमा पार्टी एकीकरण हुने बताएका छन् । समानताको आधारमा हुने पार्टी एकीकरणलाई अब कसैले रोक्न नसक्ने नेता खनालको भनाइ थियो । शनिबार विराटनगर विमानस्थालमा सन्चारकर्मीसँग कुराकानी गदै नेता खनालले एकीकरण गर्दा ५०–५० को सिद्वान्त तय नगरिएपनि एकता सम्मानजनक हुने दोहोर्याए । पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्बन्धी अन्तरिम विधान तयार भइसकेको भन्दै नेता खनालले सानातिना समस्या छलफलबाट टुंग्याइने स्पस्ट पारे ।