Saturday, October 3, 2026
Home राजनीति राजपामा महाधिवेशन पछि अध्यक्षमण्डल नरहने

राजपामा महाधिवेशन पछि अध्यक्षमण्डल नरहने

212

जेठ ५,
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) मा माहाधिवेशन पछि अध्यक्ष मण्डल नरहने भएको छ। बिहीबारदेखि पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टी विधानको धारा ३१(१२) मा यस अघि महाधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेन प्रवधानलाई हटाएको हो। महाधिवेशन पछि पार्टी अध्यक्षीय प्रणालिमा अगाडि बढने राजपाले जनाएको छ।

पार्टी विधानको धारा ३१(१०) मा यस अघि पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्ष भित्र गरिने गरि संशोधन समेत राजपाले गरेको छ। पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार परिवर्तन हुने प्राबधान अनुसार सोमबारदेखि अनिलकुमार झा राजपा नेपालको संयोजक हुने पनि पार्टीले जनाएको छ।