समय नआउदै मध्यपुर थिमि नगरपालिकामा ‘गाइजात्रा’ ! तस्विर सहित

679

चैत १४,
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा केही दिन यता राजनितिक कारणले गर्दा समय नआउदै गाइजात्रा हुन थालेको छ । मध्यपुर थिमि नगरपालिका दुई फरक दलका नगरप्रमुख र उपप्रमुख हुदाँ काम भन्दा विवाद धेरै हुने गरेको छ । बुधबार नगरपालिको स्थापना दिवस नगरप्रमुख र उपप्रमुखले फरक फरक कार्यक्रम गरेर मनाए । बिहान नगरपालिकाकी उपप्रमुख अन्जना देबि मधिकर्मीले कार्यालयको प्राङगणमा नै पत्रकार सम्मेलन गरिन्  ।उनले नगरप्रमुख मदन सुन्दर श्रेष्ठले मनोमानी ढंगले अगाडि बढेको र स्थापना दिवस मनाउने विषयमा कुनै छलफल नगरको आरोप लगाइन् । उपप्रमुखले यसो भनिरहदाँ नगरप्रमुख श्रेष्ठ तेही स्थानको पछाडि बसेर चिया खादैं आगन्तुकसंग दिउँसो आफुले गर्ने कार्यक्रमको निम्तो दिइरहेका थिए । प्रमुख श्रेष्ठ नेकपा एमाले र उपप्रमुख मधिकर्मी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उक्त नगरमा कांग्रेसले ६ ओटा वडा सहित बहुमत कार्यापालिका सदस्य जितेको छ । अर्को रोचक कुरा त केछ भने उपप्रमुखले २२ औं स्थापना दिवस भनेर बिहान पत्रकारसम्मेलन र नेपाल कोरियामैत्री अस्पतालमा बिरामीलाई फलफुल बितरण गरिन् । नगरप्रमुख श्रेष्ठले मध्यपुरको चपाचोमा खुल्ला कार्यक्रम गर्दै नगरपालिकाको २१ औं स्थापना दिवस मनाए । दुबै स्थानमा उपस्थित संञ्चारकर्मी र सर्वसाधरण समेत अलमलमा परे दिवस कतिऔं हो भनेर । उपप्रमुख मधिकर्मीको आरोपः ‘मेयर सापले एकलौटी ढंगबाट अगाडि बढ्नु भो, सहकार्य गरेर कुनै काम गर्न चाहानु नै भएन ।’ आफुलाई मात्र नभएर नगरप्रमुख श्रेष्ठले कार्यापालिका सदस्यहरुको बहुमत सम्मान गर्नु भएन् । उता उनको आरोपको खण्डन गर्दै नगरप्रमुख श्रेष्ठ भन्छन्ः मैले बैठक राखेर स्थापना दिवस मनाउने तयारी बारे छलफल गर्दा उहाँहरु आउनु भएन् । हाम्रो नगरपालिका २०५३ साल चैत १४ गते स्थापना भएको त्यसैले यो २१ औं स्थापना दिवस हो । ’