Wednesday, September 23, 2026
Home पत्रपत्रिका अलमलमा प्रदेश सरकार, काम खोज्दै राजधानी आए कर्णालीका प्रदेश प्रमुख

अलमलमा प्रदेश सरकार, काम खोज्दै राजधानी आए कर्णालीका प्रदेश प्रमुख

काम खोज्दै राजधानी आए कर्णालीका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री र सचिवहरु

209

कान्तिपुर दैनिक-चैत ६,
काठमाडौं । केन्द्र र प्रदेश सरकारले गर्ने काम तथा सरकारी निकायहरू कुन कता रहने भन्ने टुंगो लगाउन ढिलाइ हुँदा ‘प्रदेश सरकार’ सञ्चालनमा समस्या परेको छ । सबै प्रदेशमा केन्द्र मातहतका संरचना रहेकाले त्यसलाई प्रदेश सरकारले आफूअनुकूल सञ्चालन गर्ने कानुनी आधार छैन । सबै कर्मचारीहरू पनि केन्द्रबाट प्रदेशमा पुगिसकेका छैनन् । काममा व्यापक अन्योल भएपछि प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेट्न प्रदेश सरकारका मन्त्रीहरू राजधानी आउन थालेका छन् । कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीसहितका मन्त्री र प्रदेश सचिव यतिखेर राजधानीमा छन् । उनीहरूले आइतबार प्रधानमन्त्री केपी ओलीसँंग साढे २ घण्टासम्म आफ्ना गुनासा पेस गरे भने सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटे ।