‘हेड इन्जुरी’ कम गर्न दुवैलाई हेल्मेट

219

कान्तिपुर दैनिक-चैत ६,
काठमाडौं । मोटरसाइकल चालक र पछाडि बस्नेले गतिलो हेल्मेट लगाए दुर्घटनामा हुने ‘हेड इन्जुरी’ (टाउकामा लाग्ने चोट) मा ८० प्रतिशतसम्म कमी गर्न सकिने विज्ञहरूले बताएका छन् । मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा। राजीव झा बताउँछन् । ‘मोटरसाइकल चढ्ने सबैले उपयुक्त ढंगले हेल्मेट लगाए मोटरसाइकल दुर्घटनाबाट हुने हेड इन्जुरीमा ८० प्रतिशतसम्म कम गर्न सकिने तथ्यांकबाट देखिन्छ,’ उनले भने । मोटरसाइकल दुर्घटनामा परी बर्सेनि सयौं युवाले ज्यान गुमाउने गरेका छन् । महानगरीय प्रहरी डीआईजी गणेश केसीका अनुसार काठमाडौं मात्र नभई मुलुकभरि नै सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ