सगरमाथामा जाम नभई, लाम भएको सरकारी अध्ययनको निष्कर्ष

52

काठमाडौं
यसपालिको आरोहण सिजनमा सगरमाथामा ट्राफिक जाम हुँदा आरोहीको मृत्यु भएको बारे सरकारले बनाएको अध्ययन कार्यदलले प्रतिवेदन सार्वजनिक गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष निकालेको छ।

‘हामीले कतैबाट पनि जाम भएको र त्यही कारण आरोहीको मृत्यु भएको भन्ने तथ्य भेटाएनौं, जाम होइन लामचाहिँ भएको हो,’ बुधबार प्रतिवेदन सार्वजनिक गर्दै उपाध्यायले भने। जामकै कारण मृत्यु भएको भन्ने आरोपलाई सबैभन्दाले आरोहण गरेको दिनको मृत्युदर ०।००४ प्रतिशतले खण्डन गर्ने उनको तर्क छ।

मौसमी प्रतिकुलता धेरै भएका र थोरै समय विन्डो खुल्दा आरोहण गर्ने धेरै भएको उपाध्यायको भनाइ छ। सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणको क्रममा १५ जनाको ज्यान गएको थियो। २ जना अझै बेपत्ता छन्। धेरै आरोही चुचुरोतिर गएकाले यस्तो भएको धेरैको बुझाइ छ। आरोहीलाई समन्वय गर्न मन्त्रालयले खटाएका सरकारी अधिकारी फिल्डमा नबसेको पनि कतिपयको आरोप छ।