Friday, October 16, 2026
Home समाज पनौतीमा जाडोयामसँगै आलु खेतीको चटारो

पनौतीमा जाडोयामसँगै आलु खेतीको चटारो

11

काभ्रे : पनौती नगरपालिकामा जाडोयाम सुरु भएसँगै किसानहरू बिहानैदेखि आलु खेतीमा व्यस्त देखिएका छन्। चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहार–सम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय छन्। आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ। गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ। पानौती नगरपालिका कृषि–प्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय बजारसँगै किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।