बन्द भयो नाका

31

नेपालगञ्ज । गएरातीदेखि नेपालगञ्ज नाका बन्द गरिएको छ । मंसिर ४ गतेको चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले मंसिर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गरेको छ ।

नाका बन्द भएपनि आज बिहान भारतबाट आएका नेपाली भित्रिएका छन् । नाका बन्द छ भन्ने थाहा नपाएर आएका नेपालीलाई भित्रिन दिएको नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले जानकारी दिए । नेपालबाट बिरामी या आपतमा परेकालाई भारततिर जान दिइएको छ ।

नेपालगञ्ज पश्चिमको चलनचल्तीको नाका मानिन्छ । यो नाकाबाट दैनिक ठूलो संख्याका मानिस ओहोर दोहोर गर्छन् । चुनावले गर्दा नाका बन्द भएपनि थाहा नपाएका मानिस नाकासम्म आइपुगेका छन् । यस्तालाई स्थानीय प्रशासनले नरमनीति अपनाउँदै जान दिएको छ ।

सीमावर्ती जिल्ला अधिकारीको बैठकले मंसीर १ गते रातीदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गर्ने र नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।