Thursday, September 24, 2026
Home राजनीति कांग्रेसमा समानुपातिकतर्फ नयाँलाई अवसर

कांग्रेसमा समानुपातिकतर्फ नयाँलाई अवसर

22

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ नयाँलाई अवसर दिने भएको छ। २०६४ सालदेखि २०७९ सालसम्मको चुनावमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार सूचीमा नराख्ने निर्णय कांग्रेसले गरेको हो।
‘पार्टीमा पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने पार्टीले आज निर्णय लिएको छ,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘२०६४, २०७०, २०७४ र २०७९ को चुनावमा समानुपातिक सांसद भएकालाई यसपालि सूचीमै नराख्ने निर्णय भएको छ। यसले नयाँ साथीहरूलाई अवसर मिल्छ।’ निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउने समय आज र भोलि छ। कांग्रेसले समानुपातिक उम्मेदवार सूची बनाइरहेको छ, सोही क्रममा सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
क्षेत्र, जिल्ला, प्रदेशबाट समानुपातिक उम्मेदवार सूची सिफारिसमा युवाहरू पनि समावेश भएका थिए।