दल दर्ताका लागि सनाखत गर्न विप्लवसहितका नेताहरू निर्वाचन आयोगमा

10

काठमाडौं । दल दर्ताको निवेदन दिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।उनीहरू दल दर्ताका लागि सनाखत गर्नका लागि निर्वाचन आयोग पुगेका हुन् । गत ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका थिए ।प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ । त्यसअगावै दल दर्ताको निवेदन दिएका हुन् ।