–बिमला चन्द “सानू”
नियालेर हेरेँ अधर त्यो हजुरको ,
कहाँ ! गढ्न थाल्यो नजर त्यो हजुरको ।
फिका रैछ सारै झुक्यायो चमकले,
नजरमा बस्यो है असर त्यो हजुरको ।
भुलौँला कहाँ त्यो छहारी बिसौनी,
बनेको छ प्यारो सहर त्यो हजुरको ।
नदीमा बगे झैं म बग्दै गरूँला,
म प्यासी सदाको बगर त्यो हजुरको ।
बसालेर राख्यौं हियाको महलमा
सधैं देख्छु मैले सफर त्यो हजुरको ।
बैतडी, हाल : काठमाडौं













