वर्षातको वितण्डा: १८ जनाको मृत्यु

17

काठमाडौ । इलाम जिल्लाको विभिन्न स्थानमा गएको पहिरोले १८ जनाको ज्यान लिएको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोख्रलेलका अनुसार सूर्योदय नगरपालिका- १ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका- १ पाटिगाउँमा ३, देउमाई नगरपालिका- ५ धारेमा १, देउमाई- ५ धुसुनेमा २, फाकफोकथुम गाउँपालिका- ३ रातमाटेमा १ र इलाम नगरपालिका- ५ घोसगाउँमा ६ जनाको मृत्यु भएको छ। प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको छ।