करेन्ट लागेर ७ वर्षे बालकको मृत्यु

244
सांकेतिक तस्विर

भदौ २७,
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ४ बहागामा करेन्ट लागेर ७ वर्षे बालकको मृत्यु भएको छ । बिहिबार राति करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकको मृत्यु भएको हो ।

घर नजिकै आफन्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । ‘करेन्ट लागेर घाइते बालकको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो,’ उनले भने, ‘कानुनी प्रक्रिया पूरा गरी शब परिवारको जिम्मा लगाएको छ ।