गाईजात्रामा ग्याङ फाइट: तीन जना प्रहरीको नियन्त्रणमा

144

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गाईजात्राको दिन कुटपिटमा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका वडा नं. ५ टौमडी (पाँचतले मन्दिर) भएको स्थानमा गाईजात्रा पर्व मनाउने क्रममा झैझगडा गरेको भिडियो सामाजिक संजालमा फैलिएको थियो ।

भिडियो सामाजिक सञ्जालमा फैलिएको घटना सम्बन्धमा कुटपिटमा संलग्न ललितपुर जिल्ला कोन्ज्योसोम गाउँपालिका वडा नं. ०१ स्थायी वतन भई सुर्यविनायक नगरपालिका वडा नं.०६ पाण्डुबजार बस्ने बर्ष २२ को महेश तामाङ पक्राउ परेका छन् ।

त्यसैगरी भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने वर्ष ३४ को अमन देउला र सोही स्थानका वर्ष ३४ को राज कपाली परिसरका सूचना अधिकारी प्र.ना.उ. ढुण्डीराज न्यौपाने जानकारी दिएका छन् ।
यसबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।