शैक्षिक गुणस्तर सुधारमा सूर्यविनायकको अभियानः संघीय सरकारले समेत गर्दैछ थालनी

48

भक्तपुर । सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएको दुई वर्ष पूरा भएको छ । विसं २०८० साल बैशाख १६ गते नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यपकहरु नियुक्त भएका थिए । त्यसैको अवरसमा नगरपालिकाले एक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव थापाले आफ्नो पहिलो कार्यकालमा शैक्षीक गुणस्तर अभिबृद्धि गर्न र शैक्षीक क्षेत्रको सुधारकालागि अभियन सुरु गरेको बताउनु भयो ।

उहाँले जनप्रतिनिधि नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुनुपर्छ भन्ने निर्णय गर्दा मुद्दामामिला खेप्नु परेको स्मरण गर्दै दोस्रो कार्यकालमा निर्वाचीत भएपछि नेपालमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको बताउनु भयो । उक्त चुनौतीपूर्ण कार्य गर्न सफल भएको र सो निर्णय उपत्यका मेयर्स फोरम हुँदै संघीय सरकारले नै नीति तथा कार्यक्रममा समावेश गरि देशैभर लागू हुँदा आफु र नगरबासी गौरवान्भित महसुस भएको बताउनु भयो ।

तस्विरः नगरप्रमुखको सचिवालय

प्रमुख थापाले पछिल्लो दुई वर्षमा नगरपालिकाले गरेको निर्णयकै कारण सामुदायिक विद्यालयमा सुधार आएको विज्ञहरुबाट सुन्न पाउँदा अत्यन्तै खुसी लागेको नगरप्रमुख थापाको भनाई छ । उहाँले आगामी दिनमा थप सुधारका लागि नगरपालिकाले गर्नुपर्ने कुनै पनि सहयोग गर्न पछि नहट्ने र लगानी बढाउँदै लग्ने स्पष्ट पार्नुभयो ।

उक्त कार्यक्रममा उपप्रमुख सरिता तिमल््िसना भट्टराईले विद्यालयलाई सुधार गर्न सबैभन्दा ठूलो भूमीका प्रधानाध्यापको नै भएकाले बताउनु भयो । उहाँले भन्नु भयो नतिजा आउने गरि काम नगरिएसम्म प्रगति भएको मान्न नसकिने भएकाले अझै बढी जिम्मेवारीवोध गरेर काम गर्नुहोस् । दुई वर्षमा आएको सुधारले नगरपालिकाले गरेको नौलो अभ्यास सफल भएपनि विज्ञहरुले दिनुभएको सुझावलाई ग्रहण गर्दै शैक्षीक गुणस्तर अभिबृद्धिमा अझै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका प्रवक्ता एंवम सामाजीक विकास समितिका संयोजक रविन्द्र सापकोटाले समिक्षा कार्यक्रमले एक आपसमा सिक्ने अवसर मिलेको र अनुभव आदनप्रदानमा सहयोग पुगेका बताउनु भयो । उहाँले यस्तो कामले विद्यालयमा अनुगमन गरेभन्दा फलदायी भएको बताउनुभयो ।

उक्त कार्यक्रममा शिक्षा विदद्धय डाक्टर तुलसी प्रसाद थपलिया र डाक्टर बलराम तिमल्सिनाले आगामी दिनमा थप परिणाम तथा नतिजामुखी बनाउन गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको थियो । समिक्षात्मक कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षाविद् तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिएको नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षीक गुणस्तर अभिवृद्धि सँगै विद्यार्थी संख्या समेत बढेको पाईएकोछ । नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय, ५८ वटा संस्थागत निजी र ४५ वटा ईसिडी कक्षा सञ्चालनमा रहेका छन् ।