तीनकुने घटनामा फरार रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।आइतबार उनलाई सुकेधाराबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले राज्यविरूद्धको कसुर गरेको अभियोगमा उनीविरूद्ध पक्राउ पुर्जी लिएको थियो। त्यसयता फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।












