संसदको लेखा समितिमा चर्काचर्की किन ?

10

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा समेत चर्काचर्की भएको छ । माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न खोजेपछि सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए । सत्ता पक्षका सांसदले सुरुमा बोल्न नमिल्ने भएकाले आफ्नो पालामा मात्र बोल्न भनेपछि दुई पक्षबीच भनाभन भएको हो । एमालेका तारा लामा तामाङ, कांग्रेसका रामकृष्ण यादव, मञ्जु खान, मोहन बस्नेत र उनीहरूबीच मुखामुख भएको थियो । सुरुमा सभापति ऋषिकेश पोखरेल र मोदीबीच भनाभन भएको थियो। मोदीलाई भने रास्वपाका मनिष झा, हरि ढकालले साथ दिएका थिए ।