सी आउँदा र जाँदा विमानस्थल बन्द रहने

72

असोज २५,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ । भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जनाएका छन् ।

प्रवक्ता तिवारीका अनुसार, शनिबार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म Notam जारी गरिएको छ । ल्यतबm भीआईपीको आगमनपूर्व उडान तथा अवतरणमा पर्न सक्ने सम्भावित प्रभावबारे एयरम्यानलाई जानकारी दिन जारी गरिने सूचना हो ।

शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् । विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ ।

त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तिवारीका अनुसार, आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।

भीआईपीको मुभमेन्ट सहज पार्न विमानस्थलले Notam जारी गरेर उडान तथा अवतरण स्थगित गर्दै आएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको आवागमन सहज पार्न यसपटक पनि विमानस्थलले उडान तथा अवतरण स्थगित गर्न लागेको हो ।
राष्ट्रपति सी शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेर आइतबार बिहान स्वदेश फर्कने तालिका छ