भक्तपुर । नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ ,भक्तपुरको अध्यक्षमा हिरामाया शेर्पा चयन भएकी छिन् । उनको नेतृत्वमा ४९ सदस्य रहने कमिटी गठन गरिएको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । अनेमसंघ भक्तपुरको उपाध्यक्ष शकुन्तला श्रेष्ठ, कृष्णा कार्की, सचिवमा पार्वती नगरकोटी, उपसचिव रञ्जना खर्बुजा र कोषाध्यक्षमा जयन्ती महत चयन भएका छन् ।