Thursday, October 1, 2026
Home समाचार सीआईबीको फेक इमेल बनाएर ठगी

सीआईबीको फेक इमेल बनाएर ठगी

34
AI photo

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फेक इमेल बनाएर ठगीमा संलग्न दुई जना पक्राउ परेका छन् । प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता रसोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।

सीआईबी प्रवक्तासमेत रहेका उपरीक्षक दीपक राज अवस्थीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।