एमाले चाँगुनारायाणको अध्यक्षमा पूनः तिमल्सिनाको नेतृत्व

144

भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगर कमिटिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्षमा राम प्रसाद तिमल्सिना निर्वाचित भएका छन् । विहिबार बन्दसत्र नगर सदस्य भूगोल, युवा, लेखा समिति र पदाधिकारीको चयन गर्नको लागि मतदान भएको थियो । तिमल्सिनाले परासर सापकोटालाई पराजित गर्दै अक्ष्यक्षमा जीत हासिल गरेका हुन् ।

त्यसैगरि कमिटीको उपाध्क्षमा जयराम बास्तोला, सचिवमा भागवतराम गेलाल, सहसचिवमा आश्विन गिरी र अनिता शाह ठकुरी निर्वाचित भएका हुन् । तिमिल्सिनाको नेतृत्वमा ७५ सदस्य कमिटि गठन भएको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । अध्यक्षमा तिमल्सिनाको यो दोस्रो कार्यकाल हो ।