भारतीय नौनी घ्यूलाई शुद्ध न्युजिल्याण्डको भनेपछि तीन करोड जरिवाना

13

काठमाडौं । भारतीय नौनी घ्यूलाई शुद्ध न्युजिल्याण्ड भनेपछि तीन करोड जरिवाना गरिएको छ । यो खबर न्युजिल्याण्डको हो । यहाँ शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ । भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो ।

न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ । ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झट्टा प्रचार गरी ग्राहकलाई भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यूजिल्याण्डको कृषि(सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ र विदेशी ग्राहकहरू यसको समृद्ध चरनबाट प्राप्त हुने दूध र मक्खनको लागि लालायित हुने गर्छन् ।